मन्त्रालयको कार्यजिम्मेवारी

​​​ सुदूरपश्चिम प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०८१ बमोजिम यस मन्त्रालयको कार्य विवरण यस प्रकार छ :


कार्य विवरण (Terms of Reference)

  • प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन,

  • प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँट, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन,

  • प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन,

  • संघको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ति, उपयोग, लेखाङ्कन र प्रतिवेदन,

  • प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपर,

  • प्रदेश राजश्व सम्बन्धी नीति तथा कानुनको तर्जुमा, कार्यान्वयन र नियमन,

  • प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान,

  • संघीय नीति अनुरूप सहवित्तीयकरण,

  • प्रदेश आर्थिक कार्यविधि सम्बन्धी नीति तथा कानुनको निर्माण, कार्यान्वयन र नियमन,

  • प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन,

  • प्रदेश संचित कोषको संचालन तथा व्यवस्थापन र प्रदेश लेखा नियन्त्रण एवम् व्यवस्थापन,

  • प्रदेश पूरक अनुमान तथा पेश्की खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी,

  • प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन,

  • प्रदेशगत विनियोजन, राजस्व, धरौटी, कार्यसंचालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत परीक्षण,

  • घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना सङ्कलन, बाँडफाँट र उपयोग सम्बन्धी नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन,

  • संघीय कानुन अनुसार प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र शुल्क सङ्कलन, नियमन र हस्तान्तरण,

  • राजश्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,

  • संघ र स्थानीय तहसँगको अन्तरसरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य,

  • बिमा र बिमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्धन तथा विस्तार र नियमन,

  • प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन,

  • आर्थिक विकासमा निजी सहकारी तथा गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य ।