लक्ष्य
-
सार्वजनिक स्रोतको प्रभावकारी परिचालनमार्फत् आर्थिक तथा वित्तीय क्षेत्रको विकास गर्दै आत्मनिर्भर, स्वचालित एवम् समृद्ध प्रादेशिक अर्थतन्त्रको निर्माण।
उद्देश्य
-
सार्वजनिक वित्तको कुशल एवम् उच्च परिचालन तथा व्यवस्थापनमार्फत पर्याप्त पुँजी निर्माण, उच्च रोजगारी सिर्जना, गरिबी तथा आर्थिक असमानता न्यूनीकरण गर्दै प्रदेशबासीको जीवनस्तरमा सुधार गर्नु,
-
प्रदेशको आन्तरिक राजस्व अभिवृद्धि, अन्तरसरकारी वित्तीय हस्तान्तरणको प्रभावकारी उपयोग, लगानीमैत्री वातावरण निर्माण तथा वित्तीय अनुशासन कायम गर्दै उच्च एवम् समन्यायिक आर्थिक वृद्धि हासिल गर्नु,
-
प्रदेशमा वित्तीय सेवाको विकास र विस्तारमार्फत् वित्तीय सेवामा सबैको पहुँच कायम गर्दै प्रादेशिक अर्थतन्त्रको पूर्ण मौद्रिकीकरण गर्नु,
-
प्रादेशिक अर्थतन्त्र तथा वित्त सम्बन्धमा अध्ययन एवम् अनुसन्धान, तथ्याङ्क सुदृढीकरण गर्नु,
-
प्रदेशको समष्टिगत आर्थिक स्थायित्व र मूल्य स्थिरता कायम गर्नु।