वि.सं:
नेपाल संवत: ११४५ वछलागा पारु - १६
प्रदेशको आर्थिक नीति¸ प्रदेश राजस्व सम्बन्धी नीति¸ प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीति¸ प्रदेश आर्थिक कार्यविधि¸ प्रदेशको बजेट तर्जुमा¸ प्रदेश संचित कोष संचालन¸ प्रदेश लेखा नियन्त्रण एवम् आर्थिक विकास नीति¸ सरकारी र गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य सम्बन्धी कार्यहरु, वित्तीय तथा मौद्रिक क्षेत्रसँग सम्बन्धित सम्पूर्ण गतिविधिको व्यवस्थापन एवम् प्रदेश सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्बन्धी कार्यहरु सम्पादन गर्ने उद्देश्यले समेत प्रदेश नं. ७ मा प्रदेश सरकार अन्तर्गत यस मन्त्रालयको स्थापना २०७४ फागुन २ गते भएको हो ।
मन्त्रालयको सचिव (शंकरकृष्ण श्रेष्ठ)को समन्वमा २०७४ फागुन ०२ गते एक सार्वजनिक समारोहका बीच प्रदेश नं. ७ का प्रमुख सचिव श्री लक्ष्मीराम पौडेलबाट उद्घाटन गरी मन्त्रालयको स्थापना गरिएको थियो । तत् पश्चात प्रदेश नं. ७ को प्रदेश सरकार गठन भए पश्चात् यस मन्त्रालयका माननीय मन्त्री श्री झपट बहादुर बोहराज्यूले २०७४ फागुन ६ गते देखि पद बहाली गरी मन्त्रालयको कार्य सम्हाल्नु भएको थियो । यस मन्त्रालयको स्थापनाताका कुल दरबन्दी २७ जना रहेकोमा हाल यस मन्त्रालयमा ४७ जनाको दरबन्दी कायम रहेको छ तर अधिकांश पदपूर्ति हुन बाँकी नै छ ।
यस मन्त्रालय हाल अस्थायी राजधानी रहेको धनगढी कैलालीको वार्ड नं ४ नयाँ बजार स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको भवनमा रहेको छ ।